नियम १२८
भैपरी आउने र पर्व बिदा
: (१) सशस्त्र प्रहरी कर्मचारीले प्रत्येक वर्ष पूरा तलब सहितको भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह्र दिन बिदा पाउनेछ ।
(२) एक वर्षको भैपरी आउने बिदा र पर्व बिदा सञ्चित गरी अर्काे वर्षमा लिन पाईने   छैन ।
(३) भैपरी आउने बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।